भावि कार्य योजना PDF Print E-mail

संस्थाको बहुउद्देश्यीय योजना अनुसार हामीले तपशिल विवरणमा उल्लेखित कार्यहरु क्रमशः संचालन गर्दै जाने लक्ष्य लिएको व्यहोरा अवगत गराउँदछौं

  • सम्बन्धित निकायको स्वीकृत लिई काठमाण्डौं जिल्लामा थप २ स्थानमा र काठमाण्डौं उपत्यका बाहिर चितवन तथा पोखरामा १/१ स्थानमा सदस्य सुविधा काउण्टर संचालन गर्ने ।

  • चितवन जिल्लामा बृहत कृषि परियोजना संचालन भईसकेको ।

  • सहकारी क्षेत्रको सुदृढीकरणको लागि सम्बन्धित निकायमा दबाबमुलक तथा रचनात्मक भूमिका निर्वाह गर्ने ।

  • प्रस्तावित केन्द्रिय बहुउद्देश्यीय सहकारी संघलाई नमुना संघको रुपमा विकास गर्न अग्रणी भूमिका निर्वाह गर्ने ।

  • कर्जा लगानीमा गुणस्तरीय सेवाहरु उपलब्ध गराउने र निक्षेप संकलनमा नयाँ नयाँ योजनाहरु ल्याउने ।

  • सदस्यहरुलाई उपलब्ध गराउने सेवा तथा सुविधाहरुमा थप विस्तार गर्ने ।

  • संस्थाको मुख्य कार्यालय ललितपुर-३ पुल्चोक र सदस्य सुविधा काउण्टर काठमाण्डौ-७ चाबहिलमा निकट भविष्यमा ATM सेवा संचालन गर्ने ।

  • संस्थागत सामाजिक उत्तरदायित्व(Corporate Social Responsibility) सम्बन्धी कार्यहरुलाई थप प्रभावकारी रुपमा संचालन गर्ने ।

  • शेयरसदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धी तालिम दिने ।

  • अन्तर सहकारी सम्बन्धलाई थप विस्तार गर्ने ।

  • लालीगुरासं राष्ट्रिय उच्च माध्यामीक बिध्यालय को शैक्षिक गुणस्तर विकास गरी थप संकायहरु संचालन गर्ने ।

  • श्री लालीगुराँस जनस्वास्थ्य सहकारी संस्थाबाट संचालन हुने सहकारी अस्पतालको विकासमा निर्णायक भुमिका निर्वाह गर्ने ।

  • हाम्रो सहकारीलाई नेपालको सहकारी आन्दोलनको नमुना सहकारीको रुपमा स्थापित गर्ने ।