ग्राहक सेवा: ०१-५५४६१८०, ०१-५००९०१२

संस्थागत सामाजिक उत्तरदायित्व

संस्थाले प्रत्येक वर्ष सहकारीको मुल मर्म भावना र उद्देश्य अनुसार विभिन्न किसिमका सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले गरेका कार्यहरुमा निम्नानुसार रहेका छन ।

  • १. लालीगुराँस हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. लाई निःशुल्क स्वास्थ्य शिविर संचालनको लागि भौतिक सामग्री वितरण
  • २. पुल्चोक स्पोर्ट्स क्लब, राष्ट्रिय सहकारी संघ लि. नेपाल, जावलाखेल तेक्वान्दो डोजाङ्ग, नेपाल प्रहरी श्रीमती संघ, पुल्चोक टोल सुधार समिति, बहिरा महिलाका श्रृजनशिल हातहरु, ललितपुर जिल्ला गणतन्त्रिक खेलकुद संघ, मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल साङ्गीतिक संघ, बहुउद्देश्यीय जिल्ला सहकारी संघ लि. ललितपुर, ब्रिजकेर नेपाल प्रा.लि. र कार्तिक नाच संरक्षण समितिलाई विभिन्न कार्यक्रम संचालन गर्न भौतिक सामग्री वितरण ।
  • ३. संस्थाका जेहेन्दार तथा लगनशील शेयरसदस्य तथा शेयरसदस्यका छोराछोरीहरु (प्रविन बराल, पुजा बराल, सिद्धार्थ शाक्य, आभुषण भुजेल, कविना माली, ऋतु चौधरी, सीज माया घर्ती, सोनिका थापा) लाई स्कूल तथा कलेजमा अध्ययनको लागि छात्रवृत्ति उपलब्ध गराईएको ।
  • ४. श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि. मा ९ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराईएको ।

ठेगाना

ललितपुर जिल्ला ललितपुर म.न.पा.
वडा नं.-३ पुल्चोक
सम्पर्क नं. ०१-५५४६१८० ०१-५००९०१२ ०१-५००९१०१ ०१-५५३२८५५
फ्याक्सः ०१-५५५४८८१
पो.ब.नं. ८९७५ इ.पि.सी. २४४३
shreelaligurans@gmail.com
Location: Click Here

उपयोगी लिंक

तपाईंको टिप्पणी छोड्नुहोस्

हाम्रो साथ रहनुहोस्